मुख्य समाचार

बीआरआईका विषयमा कांग्रेस र एमाले साझा धारणा बनाएर अघि बढ्ने : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीआरआई परियोजनामा कांग्रेस र एमाले साझा धारणा तय गरेर अघि बढ्ने बताएका छन् । महामन्त्री थापाले चीनसँग विगतमा गरिएका सम्झौता र सर्तहरु पालना हुनुपर्ने बताउँदै बिआरआई परियोजना अन्र्तगत चीनले लगानी गर्न लागेका परियोजना ऋण नभइ अनुदान लिनुपर्ने बताएका छन् । बीआरआई परियोजनामा कांग्रेस र एमालेबीच फरक –फरक धारणा भएपनि राष्ट्र हितका विषयमा साझा धारण बनाएर अघि बढ्ने महामन्त्री थापाले बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले बीआरआई परियोजना अनुदानमा लिने विषयमा कांग्रेसले यसअघि नै निर्णय गरिसकेको बताउँदै सत्ता साझेदार एमालेसँग पनि घनिभूत छलफल गरेर अघि बढ्ने बताएका छन् । नेकपा एमालेले बिआरआईलाई अनुदानमा नभए ऋणमा भएपनि लिने बताइरहेको बेला सत्ता साझेदार नेपाली कांग्रेसले भने उक्त परियोजना ऋणमा लिए नेपालले ठूलो आर्थिक क्षेति बेहोर्नुपर्ने बताउँदै अनुदानमा लिन जोड दिइरहेको छ । बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयनको विषयमा चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले आवाज उठाउनुपर्ने कांग्रेसले धारणा प्रस्तुत गरेको छ ।

महामन्त्री थापाले बिआरआईका बारेमा कांग्रेस र एमालेबीच मत भिन्नता रहेको भनेर गरिएको प्रचार सही नभएको महामन्त्री थापाले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *