मुख्य समाचार

बढी हवाई भाडा लिनेलाई कारबाही गर्ने पर्यटनमन्त्री पाण्डेको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डेले बताए । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएपछि हवाइ भाडा वृद्धि गर्नेलाई कारबाही गर्न र यात्रुहरुको सुविधालाई सर्वसुलभ बनाउन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटनमन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मन्त्री पाण्डेले उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा पाउने तर नियम विपरित भाडा लिनेलाई कारबाही गर्ने प्रतिबद्धता रहेको जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *