मुख्य समाचार

मेटमणि चौधरी पर्लान् त पार्टीको कारबाहीमा ?

काठमाडौं । पूर्व शहरीविकासमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका उपमहासचिव मेटमणि चौधरीले नेपाल र भारत सिमा विवादका बारेमा भारतको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपछि अहिले उनको चौतर्फी आलोचना भएको छ । सांसद चौधरीले केही समयअघि नेपाल सरकारले लिम्पियाधुरा सहितको भूमि समेटेर जारी गरेको चुच्चे नक्साका बारेमा विवादित अभिव्यक्ति दिएपछि अहिले उनलाई देशद्रोहीको मुद्धा चलाउन पार्टीका नेताहरुले समेत माग गरेका छन् ।

नेपालले लिम्पियाधुरा सहितको भूमि समेटेर जारी गरेको चुच्चे नक्सा संसद्ले १३ जून २०२० मा सर्वसम्मतिले अनुमोदन गरेको थियो । उक्त चुच्चे नक्साका बारेमा सांसद चौधरीले सञ्चारमाध्याममा कालापानी, लिम्पियाधुरा लिपुलेक भारतकै भएको र सरकारले चुचे नक्सा निकालेर भ्रम छर्ने काम गरेको भन्दै अभिव्यक्ति दिएपछि उनलाई स्पष्टिकरण सोधिएको थियो । चौधरीले आफुले भारतको पक्षमा उक्त भूमि नरहेको स्पष्टिकरणको जवाफ दिएका थिए ।

पार्टीले उनलाई कारबाही नगरेको भन्दै सोही पार्टीभित्रका नेता तथा कार्यकताहरुले समेत कारबाहीको माग राखीरहेको बेला एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एक विज्ञप्ती सार्वजनिक गर्दै पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

नेता खनालले चौधरीले सञ्चारमाध्याममा राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । चौधरीले कालापानी, लिम्पियाधुरा लिपुलेक भारतकै भएको र सरकारले चुचे नक्सा निकालेर भ्रम छर्ने काम गरेको एक अन्तरवार्तामा बताएको अभिव्यक्तिे देशद्रोही अभिव्यक्ति भएको भन्दै खनाललाई कारबाही गर्न माग गरेका छन् । चौधरीले दिएको अभिव्यक्तिका बारेमा संचारमाध्यमदेखी संसदमा समेत चर्को आलोचना हुँदै आएको छ तर एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुख खोलेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *