मुख्य समाचार

मन्त्रालय नफुटाउने कोशीका मुख्यमन्त्री कार्कीको दाबी

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या नौ भन्दा बढी नबनाउने बताएका छन् । आइतबार काठमाडौंबाट फर्किएर विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले मन्त्रालय संख्या ९ बाट नबढाउने बताएका हुन् ।

एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् । तर कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन मन्त्रालय बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेको छ । कोशीमा मन्त्रालय भागभण्डाको विषयले अझै कांग्रेस सरकारमा जान सकेको छैन्।

सभापति शेरबहादुर अर्थात संस्थापन पक्ष पहिलाकै सहमतिका आधारमा सरकारमा जाने भए पनि संस्थापनइतर पक्षले विवाद निकालेपछि कोशीमा कांग्रेस सरकारमा जान नसकेको हो । गत १२ साउनमा कांग्रेसले सरकारमा जाने निर्णय गरेको थियो । तर आन्तरिक विषयमा सहमति जुट्न सकेको छैन् । काठमाडौंमा कांग्रेस र एमालेका शीर्ष नेता भेटेर मुख्यमन्त्री कार्कीले विराटनगर फर्किएका थिए । कांग्रेसले मन्त्रीको नाम दिनेवित्तिकै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा आफु रहेको मुख्मन्त्री कार्कीको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *