काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच बढेको आन्तरिक बहस र सामाजिक संजालनमा प्रशारण भएका इगो हठ का समाचारहरुले पछिल्लो समय माओवादी केन्द्रको हाइट घट्दै गएको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्वको विषय सामाजिक संजालमा सार्वजनिक भएका समाचारहरु र अन्तर्वाता विश्वभरीका मानिसले सामाजिक संजालको माध्यमबाट अध्ययन गरिसकेकाले माओवादी केन्द्रप्रति नेता कार्यकर्ताले कम विश्वास गर्न थालेका छन् ।
माओवादी केन्द्रले पार्टीभित्रको आन्तरिक विवादलाई मिलाउन नसक्दा माओवादी केन्द्रको नेतृत्व शक्ति पनि सर्वसाधारणदेखि राजनीतिकज्ञहरुले राम्ररी अध्ययन गरेकाले माओवादी केन्द्रको आगामी भविष्य अन्धकार तिर धकेलिने हो की भन्ने प्रश्न समेत खडा गरेका छन् । अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका नेताहरुले नेतृत्व हस्तान्तरण गर्न दबाब दिएपछि प्रचण्ड र शर्माबिच दोहोरी चल्दै आएको छ ।
बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठकमा ८२ जना नेताहरूले राखेका धारणालाई बिहीबार सम्बोधन गर्दै उपमहासचिव शर्माले आफूले पार्टीभित्र देखिएका समस्यालाई समाधान गर्न आफ्नो व्यक्तिगत धारणा राख्दा पार्टी फुटाउन लागेको भन्दै गलत सुचना देशभरी फैल्याएपछि पाटीको भविष्य र नेतृत्व शक्तिका बारेमा समेत नेता तथा कार्यकर्ताहरुले प्रश्न खडा गरेको शर्माले बताएका छन् ।
बागमती प्रदेश अन्तर्गतका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी बैठकमा महासचिव शर्माले पार्टीका समस्या र निर्माणका कुरा लिखित रूपमा राख्दा आफूलाई पार्टी फुटाउन लागेको प्रचार गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले पार्टीभित्रको समस्या छलफल र परामर्श नगरी चुप लागेर बसेर समाधान गर्न नसकिने उल्लेख गर्दै पार्टीलाई शक्तिशाली बनाउन सबैको सहकार्यकाे आवश्यकता रहेकाे बताए ।
पार्टीका अधिकांश नेताले फरक मत राखेको भन्दै शर्माको चर्को आलोचना समेत गरेका छन् । विचार र सत्ताको नेतृत्व मात्रै अध्यक्षलाई संगठनको नेतृत्व हामीलाई दिनु भनेर पार्टीभित्र कुरा चलाएको उनको भनाइ छ । माओवादी केन्द्रभित्र नचाहिने हल्ला मिडियामा ल्याएर पार्टी उचाई घटाउन लागेको शर्माले बताएका छन् ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व हस्तान्तरण गर्न तयार नरहेको तर्क गर्दै आएका छन् । अध्यक्ष प्रचण्डलाई दोषको विजारोपन गर्दै आएका छन् । तर शर्माले आफु कुनै हालतमा दोषी नभएको पार्टीभित्रको नेतृत्व दोषी भएको बताएका छन् । बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले पार्टी अध्यक्ष भएको ३६ वर्ष भइसकेकाले पार्टी अध्यक्ष भन्दा प्रचण्ड नै ठूलो भएको अभिव्यक्ति दिए तर उनले नेतृत्व हस्तान्तरण गर्न नसकिने बताए ।
प्रचण्डले अझै संङ्को दृष्टिकोणले हेरेका छन् । पार्टीको नेतृत्व हस्तान्तरण गर्न समय लागि प्रचण्डको दाबी छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्लालाई आफूहरुले खारेज गरिसकेको उनले बताए । ‘उहाँको प्रयास पार्टी निर्माणको लागि हो, विभाजनको लागि होइन भन्नेमा विश्वास छ’ बैठकमा प्रचण्डले भनेका छन् ।
स्थायी समिति बैठकमा शर्माले राखेको मतलाई समेटेर दस्तावेज बनाउने समेत प्रचण्डले बताए । ‘जनार्दनले राखेको मत फरक नभएको बताउँदै सबै मत समेटेर दस्तावेज बनाउँदै जाने उनको भनाइ छ । पार्टीअध्यक्षले बोलेका कुरालाई कार्यान्वयमा ल्याउँदै पार्टीभित्रको विवाद समाधान नगरे माओवादीको आगामी भविष्य खतरामा पर्न संकेत नेता तथा कार्यकताहरुले गरेका छन् ।




