काठमाडौं । सार्वजनिक अभिव्यक्तिपछि महामन्त्री डा.मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो ।
महामन्त्री ढकालले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको भन्दै आपत्ति जनाएका छन् । उनले आफुलाई पार्टी सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै अनुशासन आयोगले सोधेको प्रस्टीकरण पत्र नबुझ्ने बताएका छन् । ३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाएका थिए । ढकालले प्रतिवेदनमा रास्वपाको भावि कार्यदिशा स्पष्ट नभएको भन्दै पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने उल्लेख गरेका थिए ।




