मुख्य समाचार

कमजोर नठान्न सरकारलाई अध्यक्ष नेपालको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कमजोर नठान्न सरकारलाई चेतावनी दिएका छन् । गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । अध्यक्ष नेपालले कम्जोर भनेर त्यस्तो व्यवहार गरे नेकपा माओवादी र एमालेसँगको गठबन्ध टुटाउन आँफू सक्षम हुने समेत बताए ।

नेकपा एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने त्यसलाई स्वीकार्न नसक्ने उनले बताए । अध्यक्ष नेपालले कसैको पेलाईमा दास बनेर काम गर्न नसकिने बताए । उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने स्पष्ट पारे ।

उक्त समारोहमा नेपालसँगै पूर्वमन्त्री डा.वंशीधर मिश्र,पूर्वसांसद कल्याणी खड्का, संविधानसभा सदस्य सरला यादव, प्रदेशका विना विभागीय मन्त्री बेची लुङ्गेली, प्रदेशसभा सदस्यद्वय नागेन्द्र साह र किशोरीदेवी दास, मेयर शम्भु साह, राजदेवी नगरपालिकाका मेयर भिखारी यादव लगायतले सहभागिता जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *