काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्तामा आएको फेरबदलपछि लामो समयसम्म बहस चलाएर सुदूरपश्चिममा आलोपालो सरकार चलाउने सहमति गरेकाे छ । आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच भएको छलफलपछि मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी नाउपाका रेशम चौधरी पक्षलाई समर्थन गरेर जाने समझदारीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले समर्थन जनाएका हुन् । नाउपाको रेशम पक्षलाई नेकपा एकीकृत समाजवादीले साथ दिएमा उसको पक्षमा २६ जना पुग्छन् । कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टी रेशम पक्षका ४ जना सांसद छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भएको सहमति अनुसार पहिलो चरणमा नाउपाले एक वर्ष सरकारको नेतृतव गर्ने बाँकी अवधि समाजवादीले नेतृत्व गर्नेछ । सुदूरपश्चिम सरकारका प्रदेश प्रमुखले सुदूरपश्चिम सरकार निर्माणका लागि दिएको म्याद आज सकिँदै छ ।नाउपा प्रतिनिधिसभा सदस्य अरुण चौधरीका अनुसार कैलाश चौधरीलाई मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीका लागि कैलाश चौधरीे आजै आजै दावी पेश गर्नेछन् ।




