काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति देउवाले कांग्रेसका पूर्वमहामन्त्री एवम पूर्वगृहमन्त्री समेत रहका स्वर्गीय खुमबहादुर खडकाको शालिक अनावरण गरेका छन् । केन्द्रमा सत्ता समिकरण परिवर्तनपछि पहिलो पटक उपत्यका बाहिर गएका सभापति देउवाले आज स्वर्गीय खडकाको दाङको अमिलियामा निर्माण गरिएको शालिकको अनावरण गरेका हुन् ।
स्वर्गीय खड्काले पाटीको संगठन निर्माण गर्दै पाटीमा लोकप्रिय नेताको छबि बनाउँदै देश र जनताका लागि महत्वपूर्ण काम गरेका थिए । खड्कालाई नेपाली कांग्रेसले प्रभावशाली नेताका रुपमा पनि चिन्ने गरेको छ । स्वर्गीय खड्काको शालिक अनावरण गर्न जाने क्रममा सभापति देउवाले नेपालगञ्ज विमानस्थलमा स्वागतका लागि पुगेका नेता तथा कार्यकर्ताहरुलाई देशको विकास, समृद्धि र अर्थतन्त्र बलियो बनाउन गाँउ केन्द्रित भएर काम गर्न निर्देशन दिएका थिए ।






