मुख्य समाचार

सर्वोच्चमा मेटल बुलेटसम्बन्धी रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा भीड़ नियंत्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघतक हतियारसम्बन्धी रिट दर्ता भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार जनप्रदर्शन एव भीड़ नियंत्रणका लागि घातक हतियार एव मेटल बुलेट को प्रयोगलाइ प्रतिबंधित गरि पाउ भन्दै रिट दर्ता गरेका हुन् । उक्त रिटको सुनुवाई माघ ४ गतेलाई तोकिएको छ ।

यस्तै उनले सर्वोच्चमा दर्ता गराएको रिटमा भीड़ नियंत्रणका लागि अत्यधिक बलप्रयोग एव हिसात्मक साधनको प्रयोगलाइ बर्जित गर्नुपर्ने, भीड़ नियंत्रणको अहिसात्मक तौर तरिकाबारे प्रदर्शन ब्यवस्थापनका लागि खटीने प्रहरीहरुलाई अनिवार्य प्रशिक्षण दिनु पर्ने र अनिवार्य रुपमा प्रहरीको ट्रेनिंग म्यानुवलमा समावेश गर्नु पर्ने माग राखेका छन् ।

अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट यस्तो छ :

  • जनप्रदर्शन एव भीड़ नियंत्रणका लागि घातक हतियार (lethal weapon) एव मेटल बुलेट को प्रयोगलाइ प्रतिबंधित गर्नु पर्ने
  • भीड़ नियंत्रणका लागि अत्यधिक बलप्रयोग एव हिसात्मक साधनको प्रयोगलाइ बर्जित गरि पाऊ I
  • भीड़ नियंत्रणको अहिसात्मक तौर तरिकाबारे प्रदर्शन ब्यवस्थापनका लागि खटीने प्रहरीहरुलाई अनिवार्य प्रशिक्षण दिनु पर्ने I यसलाइ अनिवार्य रुपमा प्रहरीको ट्रेनिंग म्यानुवलमा समावेश गर्नु पर्ने I
  • भीड़ नियंत्रणका गैरघातक हतियारको प्रयोग गर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डहरुको प्रयोग सुनिश्चित गर्नु पर्ने I
  • निहत्था नागरिकमाथी घातक हतियारको प्रयोग गर्ने एव जीवन अपहरणमा सलग्न जो कोहीलाइ command responsibility अन्तरगत गैर कानूनी आदेश दिने वा सो आदेशको कार्यान्वयन गर्ने कार्यलाई ciminally liable तुल्याउदै ज्यानं सम्बन्धी कसूरमा अभियोजन गर्नु पर्ने I
  • Basic Principles on the Use of Force and Firearms by Law Enforcement Officials 1990 लाइ कार्यान्वयन गर्न आवश्यक कानूनी बंदोबस्त गर्नु पर्ने I
  • प्रहरीहरुलाइ आंत्म सुरक्षाको साधनको अभावले पनि अत्यधिक बलको प्रयोग हुने गरेकोले प्रहरीहरुलाइ पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट एव बुलेट प्रूफको निरन्तर आपूर्तिको ब्यवस्था मिलाई पाऊ I साथै माथिको प्रकरणहरुमा उल्लेख गरिए बमोजिम जनप्रदर्शन वा भीड़ नियंत्रण प्रक्रियामा घातक हतियार एव मेटल बुलेटको प्रयोगले बिगतमा ठुलो संख्यामा निर्दोष नागरिकहरुले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएकोले यो रिट निबेदनको टुंगो नलागे सम्म निहत्था नागरिक माथि प्राण घातक हतियारको प्रयोग नगर्नु नगराउनु भनी आन्तरिम आदेश जारी गरि पाउ भनी माग गरेको छु.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *