राजनीति

देशव्यापी रुपमा गठबन्धनका पक्षमा जनलहर देखिएको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको दाबी गरेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा बोल्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको उनले बताए ।

‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ ।’ उनले भने ।

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उनले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वाम–गठबन्धन बनाइएको प्रष्ट पार्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *