काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमबाट मधेसमा चिन्ता र निराशा बढाएको प्रतिक्रिया दिएको छ ।
अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्ने चेतावनी दिदै विधेयक फिर्ता गर्नु दुखद रहेको बताएका हुन् ।
अध्यक्ष ठाकुरले तत्काल विधेयक संसदबाट पारित गर्न माग समेत गरेको छ । विधेयक प्रमाणिकरण नभई फिर्ता पठाइएकोमा लोसपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।




