काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरु हार्न तयार रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ दिदै नेता पौडेलले कांग्रेस हारेर पनि राष्ट्रका पक्षमा लडिरहने बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधवार माओवादीबाट नवनिर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिँदै एमालेपछि कांग्रेसलाई ठेगान लगाउन सक्ने चेतावनी दिएका थिए ।
पौडेलले ट्विटरमा लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ।’




