राजनीति

विष्णु पौडेलले किन भने हावादारी बजेट ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले हावादारी बजेट ल्याएको आरोप लगाएका छन् ।

अहिलेको सरकार चुनावी सरकार भएको भन्दै उनले बजेटको प्राथमिकता वर्तमान सरकारले नुबझेको बताएका हुन् । सरकारले दीर्घकालीन महत्त्वका योजनाका कुरा गरेको तर सरकारको आयु पाँच महिना रहेको भन्दै बजेटमा स्वर्ग पुर्‍याइदिने खालको हावादारी कुरा समेटेको आरोप लगाएका हुन् ।

मुलुक आर्थिक संकटमा परेका बेला मुलुकलाई आर्थिक लयमा लैजानुको साटो प्राथमिकता भुलेर हचुवाका भरमा बजेट ल्याएको आरोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *