काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नवनिर्वाचित रेनु दाहालले सपथ लिएकी छन् ।
दाहालले मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीसँग सपथ लिएकी हुन् । आफुले सपथ लिएपछि उनले उपमेयर चित्रसेन अधिकारीसहित अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएकी छन् ।
सपथ ग्रहण समारोहमा मेयर दाहालले भरतपुरमा रोजगारीका अवसर सृजना गर्ने र महानगरमा उद्योग ग्राम स्थापना गर्ने घोषणा गरेकी छन् । उनले नारायणी नदीमाथि बनेको पुल जिर्ण भइसकेकाले त्यसलाई मर्मत गर्ने समेत बताएकी छन् ।




