काठमाडौं । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने ४१९ मतान्तरले अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणामअनुसार न्यौपानेले ११ हजार ९१० मत ल्याउँदा एमालेको समेत समर्थन पाएका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले ११ हजार ४९१ मत ल्याएका छन् । व्यासमा ६ सय ९३ मत मात्रै गन्न बाँकी रहेको जनाइएको छ ।




