काभ्रे । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीको केन्द्रीय समितिले निर्णय लिने दिएका छन् ।
‘‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ को काभ्रेमा शुभारम्भ गर्दै प्रवक्ता महतले स्थानीय नेता कार्यकर्तालाई गठबन्धनबारे चिन्ता नगर्न आग्रह गरेका हुन् ।
‘गठबन्धनबारे तपाईँहरू चिन्ता नगर्नुस् यसको चिन्ता पार्टीले लिन्छ, तपाईँहरू बढीभन्दा बढी मतदातालाई नेपाली कांग्रेससँग जोड्ने मात्रै सोच्नुस्’, महतले भने ‘एक्लै जिन्छ भने एक्लै लड्ने, हैन भने गठबन्धन हुन्छ ।’




