काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा फेरी छलफल हुने भएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नका लागि वालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीसँग भएको छलफलका क्रममा भोलि फेरी बैठक बस्ने सहमति जुटेको हो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कांग्रेसले गम्भिर रुपमा मिलेर जान प्रस्ताव गरेको बताए ।
‘कांग्रेसले लोकतन्त्रका लागि लडेका शक्तिहरु एकठाउँमा उभिनुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । सम्भवत भोलि फेरी छलफल गरेर नयाँ निष्कर्षमा पुग्नेछौं ।’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।
एमालेले भने सभामुखले राजीनामा दिनुपर्ने सर्त अघि सारेको उनले बताए । उनले भने,‘प्रतिनिधिसभामा हामीलाई प्रवेश गर्ने वातावरण बनाउन सभामुखले मार्गप्रशस्त गर्नुपर्ने हामीले भनेका छौं । कांग्रेसको धारणा आएपछि एउटा निष्कर्षमा पुग्छौं ।’
सरकार अर्लि चुनाव गर्न अघि बढे एमालेले सहयोग गर्ने समेत बताएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।




