राजविराज । नेकपा एमालेका सचिव रघुवीर महासेठले ६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले साढे तीन वर्षमा गरेको दाबी गरेका छन् ।
नेकपा एमाले सप्तरीको ९ औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासेठले एमालेले विकास गरेको दाबी गरेका हुन् ।
महासेठले एमालेको नेतृत्वको सरकार अन्य पार्टीले नचाहेपनि चुनावपछि एमालेकै सरकार बन्ने दाबी गरे । भने,‘सबै पार्टी चाहन्छ नेकपा एमालेले नेतृत्व नगरोस् । तर अबको सरकार एमालेको हुनेछ ।’




