काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहबाट नेता रामचन्द्र पौडेल बाहिरिएका छन् ।
नेता डाक्टर शेखर कोइराला समुहको आज बसेको गुट भेलामा पौडेल उपस्थित नभएका हुन् । पौडेलको अनुपस्थितीमा सभापतिमा पराजित भएका शेखरलाई औपचारिक रुपमा वरिष्ठ नेताको सम्बोधन गरिएको थियो ।
यसअघि मंगलबार बसेको शेखर गुटको बैठकले रामचन्द्र पौडेलले संस्थापनइतर समुहलाई धोका दिएको निष्कर्ष निकालेको थियो ।




