काठमाडौं । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिएका हुन् ।
जनमोर्चाले लुम्बिनी प्रदेशमा दलिततर्फको पदमा तुलप्रसाद विश्वकर्मालाई गठबन्धनको साझा उम्मेदवार बनाएको समेत भनेको छ ।




