राजनीति

पिर्के सलामीबारे झाँक्रीको स्पष्टोक्ती– सलामी सामान्य प्रक्रिया हो

काठमाडौं । गृहजिल्ला गुल्मीमा पिर्के सलामी खाएको विषयमा चौतर्फी आलोचना भएपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आलोचना आउने थाहा पाएरै सलामी लिएको स्पष्ट पारेकी छन् ।

धmाँक्रीको सचिवालयले विज्ञप्ती जारी गर्दै आलोचना हुन्छ भन्ने थाहा पाउँदा पाउँदै सलामी लिएको जनाएको हो ।

‘हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे । तर, यो कुनै आलोचना विषय भने हैन ।’ झाँक्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विशिष्ट व्यक्तिलाई कानूनअनुसार राज्यको एउटा अंगले दिने सम्मानको सामान्य प्रक्रिया भएको भन्दै भनिएको छ ‘कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया हो ।’

झाँक्रीलाई मदाने गाउँपालिकाको पुर्कोटदहस्थित इलाका प्रहरी कार्यालय निरीक्षणमा गएका बेला सलामी दिइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *