राजनीति

राष्ट्रियसभाको आसन्न चुनावका बारेमा एमालेमा छलफल शुरु

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको दोस्रो बैठक सम्पन्न भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल भएको छ ।

केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा यही पुस २३ गते जिल्ला अधिवेशन गर्न निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *