काठमाडौं । नेकपा एमालेले पुष २३ गते सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको छ ।
आज बसेको एमाले केन्द्रीय कमिटिको बैठकले पुष २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । एमालेले पुषदेखि फागुनसम्मको तिन महिना पार्टी प्रवेश अभियान शुरु गर्ने निर्णय समेत गरेको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सपथ ग्रहण बाँकी रहेका केन्द्रीय सदस्यहरुको सपथ गराउने, अमृत बोहराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद्को गठन गर्ने लगाएतका निर्णय गरेको छ । बैठक भोलि ११ बजे फेरी बस्नेछ ।




