काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
भोलि बिहान साढे ११ बजेका लागि कांग्रेसले बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । महाधिवेशनअघि कांग्रेसले अन्तिम बैठक बोलाएको हो । बैठकमा महाधिवेशनका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन शुक्रबार शुरु हुँदैछ ।




