राजनीति

कांग्रेस अधिवेशन : विद्युतिय मतदान मेसिन प्रयोग गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारी चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्न केन्द्रीय निर्वाचन समितिले प्रस्ताव गरेको छ।

सभापति शेरबहादुर देउवालाई निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापतिसहित पदाधिकारीका लागि विद्युतीय मतदान मेसिन नै प्रयोग गर्न सकिने सुझाव दिएका हुन् ।

पदाधिकारी बाहेकका सदस्यको हकमा भने कागजी मतपत्र नै प्रयोग गर्नुपर्ने निर्वाचन समितिले देउवालाई सुझाव दिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विद्युतीय मतदान मेसिनको प्रयोगबारे प्रस्ताव आएको र आवश्यक निर्णय पदाधिकारी बैठकले गर्ने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *