बुटबल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन् ।
१०२९ मत गणना हुँदा पुनले ५५६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भरत शाहले ४६२ मत पाएका छन् ।
निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो । अब ६ सय ३ मत मात्रै गन्न बाँकी रहेको छ । शनिबार निर्वाचन सकिएको भएपनि आइतबार मात्रै गणनाको काम शुरु भएको थियो । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेता हुन् ।




