बुटबल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन् ।
९८६ मत गणना हुँदा पुनले ५२३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भरत शाहले ४३३ मत पाएका छन् ।
निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो । शनिबार निर्वाच सकिएको भएपनि आइतबार मात्रै गणनाको काम शुरु भएको थियो । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेता हुन् ।




