विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को मतदान सम्पन्न भएको छ ।
मतदानमा १८०४ मतदाता मध्ये १७५२ ले मतदान गरेका छन् । मतपत्रमा उम्मेदवारको नाम नै छुटाएको देखिएपछि मतदान प्रक्रियामा ढिलाई भएको थियो । बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो ।
प्रदेश नम्बर एकको मतगणना भने आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु हुने भएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् ।




