काठमाडौं । कांग्रेसको प्रदेश नम्बर दुईको अधिवेशन अनिश्चित बनेको छ ।
अधिवेशन अनिश्चित बनेपनि सभापति शेरबहादुर देउवा पक्षले भने सभापतिको उम्मेदवार टुंगो लगाएको छ । दुई नम्बर प्रदेशको सभापतिका लागि रौतहतका पूर्व जिल्ला सभापति कृष्ण यादवलाई उम्मेदवार बनाउने सहमति कायम गरेको हो ।
नेता यादवले सभापतिको उम्मेदवारी घोषणा समेत गरेका छन् । शुक्रबार उनले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेसले दुइृ नम्बर प्रदेशको अधिवेशन गराउने जिम्मा दिएका नेताहरु समेत सहभागी थिए ।




