काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले एमालेभित्र पूर्वमाओवादी समुहका नेताहरु सर्वाधिक लोकप्रीय रहेको दाबी गरेका छन् ।
महाधिवेशनअन्तर्गत चुनाव शुरु हुनुपूर्व नेता थापाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नामावलीप्रति कुनै गुनासो नरहेको बताए । उनले माओवादी केन्द्र छाडेर आएको समुहबाट २ सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा आएको भन्दै उनले चुनावमार्फत पनि पूर्वमाओवादी समुहका नेताहरुले पदाधिकारीको चुनाव जित्ने दाबी गरे ।
नेता थापाले अध्यक्ष ओलीलाई एकवर्षदेखि आफ्नो समुहका नेताहरुले सहयोग गरेको भन्दै एमालेका प्रतिनिधिहरुले मतदान गरेर चुनाव जित्ने दाबी समेत गरे ।




