राजनीति

अझै शुरु हुन सकेन एमालेको बन्दसत्र, सुरक्षा सतर्कता बढाइयो

चितवन । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत बिहानका लागि बोलाइएको बन्दसत्र अहिलेसम्म शुरु हुन सकेको छैन ।

शनिबारबाट शुरु भएको एमालेको बन्दसत्र आइतबार बिहान ७ बजेका लागि बोलाइएको थियो । तर दिनभर बैठक शुरु हुन नसकेपछि बेलुका ७ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर ७ बजेपनि शुरु हुन नसकेपछि ८ बजेका लागि बोलाइएको बैठक समेत शुरु हुन सकेको छैन ।

केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गर्ने जिम्मा पाएका अध्यक्ष केप िशर्मा ओलीलेले दिनभर सहमतिका लागि प्रयास गरेको भएपनि सम्भव हुन नसकेपछि बन्दसत्र शुरु हुन नसकेको हो । अहिले भने बन्दसत्रका लागि प्रतिनिधिहरु हलतर्फ प्रवेश शुरु गरेका छन् ।

तर अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म हलमा आएका छैनन् । बन्दसत्र शुरु हुन लागेपछि चितवनको सौराहमा सुरक्षा सतर्कता बढाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *