राजनीति

भक्तपुर १ नम्बर क्षेत्रमा कांग्रेसलाई सुदृढ बनाउँछुः क्षेत्रीय सभापति जीवन खत्री

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिबृतमा चर्चित नाम हो- जीवन खत्री। कांग्रेस परिवारमा जन्मिएका खत्री नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका हुन् । स्वबियु सदस्य, स्वबियु सभापति, जिल्ला सभापति हुँदै केन्द्रीय सदस्यसम्म भएका खत्री पार्टी राजनीतिमा क्षेत्रीय सचिब हुँदै तेह्रौं महाधिबेशनमा क्षेत्रीय सभापतिमा बिजय भएका हुन् ।

उनी आसन्न चौधौं महाधिबेशनमा पनि भक्तपुर क्षेत्र नम्बर १का क्षेत्रीय सभापतिको उम्मेदबार भएका छन्। देश संघीयतामा गइसकेपछि भएको पहिलो निर्बाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) चाँगुनारायण क्षेत्रबाट प्रदेशसभा सदस्यमा खत्री उम्मेदबार बनेका थिए। नेकपाको गठबन्धनसँग थोरै मतले पराजित खत्रीले जीवनमा लडेका चुनाबमा कहिल्यै हार खानु परेको थिएन।

२०५२ सालबाट भक्तपुर क्याम्पसमा नेबिसंघको राजनीति सुरु गरेका खत्रीले २०५५ सालमा भएको स्वबियु चुनाबमा सदस्य पदमा जितेका थिए । २०५७ सालमा सभापति जिते। यसरी खत्रीले नेविसंघ भक्तपुर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भए । सगठनमा पनि क्षेत्रीय सचिवपछि खत्रीले क्षेत्रीय सभापति जितेका हुन् ।

सधैं जीत मात्र लिएर हिँडेका खत्री प्रदेशसभामा भएको पराजयले उनी हतोत्साही भएनन् । उनी संगठन सुदृढीकरणमा लागिरहे। उनले चुनाबमा घात गरेको भनेर कसैलाई पनि आरोप लगाएनन्। आफ्नै अध्यनको कमी र दौडधुप नपुगेको स्वीकार्दै अघि बढे। समयले नसोचेको घटना घट्यो उनलाई हराउनेको अकल्पनीय निधनले प्रदेश सभा सदस्यको पद खाली रह्यो।

सरकारले उपचुनाब गरायो । अघिल्लो उमेदबार हारेकाको पालो आउने अधिकारै रहे पनि उनले उमेदबारी दाबी गरेनन्। पार्टीको उमेदबारलाई दिलो ज्यान दिएर चुनाब जिताएरै छाडे। आफ्नो कामतिर अत्याधिक लगाब राख्ने खत्री कुशल संगठनकर्ता मात्र नभई त्यागी नेता पनि भएको कार्यकर्ताहरू बताउँछन्।

अधिबेशनलाई सकेसम्म सर्बसम्मत गराउनु पर्छ भन्नेमा खत्री रहेका छन्। सर्ब सम्मत नभए चुनावी प्रकृयामा जाँदा लोकतातान्त्रिक पद्दति अनुसार स्वच्छ प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिन्छन्। अधिबेशन पार्टीको भएकोले कसैको हार कसैको जीत नहुने दुबै ‘वीन वीन’को स्थितिमा रहेको बताउँदै टीका फुलमाला लगाएर बिजयोत्सब मनाउन नहुने बताउँछन्।

यातायात संघको जिल्ला अध्यक्ष समेत भएका खत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर पछिल्लो समयमा आफूलाई समाज सेवामा लगाई राखेका छन्।उनी दोस्रो पटक क्षेत्रीय सभापतिमा उमेदबार बनेका छन्। उनले वडा र नगरबाट आएका क्षेत्रीय र नगर प्रतिनीधिहरूलाई मत दिन आग्रह गरेका छन् । उनले पार्टीलाई सुदृढ गर्दै भक्तपुर क्षेत्र नम्बर १ क्षेत्रमा नेपाली कांग्रेसलाई १ नम्बरको पार्टी बनाउन लागि पर्ने बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *