राजनीति

पाँचदलीय गठबन्धनले चुनावमा सहकार्य गर्ने

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभाको उपचुनाव र प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ ।

गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूले मंगलबार सामुहिक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका छन् ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *