राजनीति

२७ जिल्लामा एमालेको प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको २७ जिल्लामा महाधिवेशन चयन सर्वसम्मत रुपमा भएको छ ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार शनिबार बेलुकासम्म २७ जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएको जानकारी आएको छ । अध्यक्ष केपी शर्मा ओलीले समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरेको भएपनि सबै जिल्लामा भने सर्वसम्मत रुपमा प्रतिनिधि चयन हुन सकेन ।

सर्वसम्मत रुपमा चयन हुन नसकेका जिल्लामा सहमतिको प्रयास जारी रहेको र असफल भए चुनावमार्फत भएपनि प्रतिनिधि चयन गर्ने एमालेको तयारी छ । रौतहट, पर्सा लगाएतका कतिपय जिल्लामा भने प्रतिनिधि चयनको प्रक्रिया समेत शुरु हुन नसकेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *