काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले पुष ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोक्ने निर्णय समेत गरेको छ । प्रदेश पदाधिकारीहरुका बारेमा भने अध्यक्ष प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरी टुंगो लगाइनेछ ।




