मुख्य समाचार

राष्ट्रियसभा र उपनिर्वाचनमा गठबन्धनका बिचमा तालमेल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा र प्रतिनिधिसभाको रिक्त रहेका स्थानमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

आज बसेको बैठकले अब हुने चुनावमा तालमेल गरेर सहभागी हुने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने,‘पाँचदलीय गठबन्धनले निकट भविष्यमा सम्पन्न हुने राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्त रुपमा गठबन्धनले तयारी गर्ने निर्णय गरेको छ ।’

मन्त्री कार्कीले त्यसका लागि ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन गर्ने निर्णय गरेको समेत जानकारी दिए । सत्तारुढ गठबन्धनका नेताहरुका बिचमा बसेको आजको बैठकमा अन्य कुनै पनि विषयमा छलफल नभएको भन्दै उनले भने,‘विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भयो । अरु विषयमा छलफल भएन ।’

नेताहरुका अनुसार अब हुने राष्ट्रियसभा र उपनिर्वाचनमा कुन पार्टीका तर्फबाट कहाँ लड्ने भन्ने निर्णय गर्ने अधिकार भने शिर्ष नेताहरुलाई दिने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *