मुख्य समाचार

कांग्रेस नेतृ रामकुमारी न्युराे अस्पताल बाँसबारी भर्ना

खोटाङ।नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राई अस्पताल भर्ना भएकी छन् । प्रेसरको समस्याले सिकिस्त भएपछि नेतृ राई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एन्ड एलाइट साइन्स बाँसबारी, काठमाडाैंमा भर्ना भएकी हुन् ।

नेतृ राईको आइसियूमा राखेर उपचार भइरहेको छ । ‘चक्कर लाग्यो’ भन्दै ढलेकी नेतृ राईको स्वास्थ्य अवस्था स्थिर रहेको भाइ आशीष राईले बताए । १२ कात्तिकमा प्रेसरले ढलेपछि राईलाई रातारात गंगालाल, हेल्पिङ हुँदै न्युरो अस्पताल पुर्‍याइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *