मुख्य समाचार

माघ पहिलो साता चुनाव गर्न आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो । २० सदस्यको पदावदी आगामी फागुनमा सकिँदैछ ।

राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *