काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विदेश विभाग गठन नभएको स्पष्ट पारेका छन् । माओवादी केन्द्रले विदेश विभाग गठन गरिनसकेको भन्दै उनले विभाग गठनको सूचना गलत रहेको दाबी गरेका छन् ।
ट्विटरमा उनले लेखेका छन्,‘नेकपा (मओवादी केन्द्र) को बिदेश बिभाग गठन भएको र त्यसमा बिभिन्न ब्यक्तिहरु राखिएको भन्ने समाचार गलत हो । पार्टीले बिदेश बिभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’
नेकपा ( मओवादी केन्द्र ) को बिदेश बिभाग गठन भएको र त्यसमा बिभिन्न ब्यक्तिहरु राखिएको भन्ने समाचार गलत हो । पार्टीले बिदेश बिभाग गठन गरिसकेको छैन ।यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।
— NKShresthaPrakash (@nksthaprakash) October 5, 2021
यसअघि चीनका लागि पूर्वराजदुत रहेका लिलामणि पौडेलसहितलाई राखेर माओवादी केन्द्रले विदेश विभाग गठन गरेका समाचार सार्वजनिक भएका थिए ।




