राजनीति

प्रचण्डलाई भीम रावलको जवाफ, जनयुद्धबाट सत्ता हत्याउँछु भनेर किन भनेको ?

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना गरेका छन् ।

अध्यक्ष प्रचण्डले उपाध्यक्ष रावलसहितका १० जना स्थायी कमिटि सदस्यहरुलाई ओलीसँग आत्मसमर्पण गरेको बताएका थिए । त्यसकै जवाफमा उनले एमालेमा रहँदा आत्मसपर्णण भयो भन्ने प्रचण्डले जनयुद्धबाट सत्ता हत्याउने सपना बाँडेर अहिले कांग्रेससँग मिलेर सत्ता चलाउँदा आत्मसम्मान हुने भन्ने प्रश्न गरेका छन् ।

उनले लेखेका छन्,‘एमाले फुटाउन १० भाइु नलागेकाले प्रचण्डजीले रोइलो गर्दै झुक्याएर आत्मसमर्पण गरे भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ । एमालेका नेताहरू सोही पार्टीमा रहँदा आत्मसमर्पण हुने तर जनयुद्धबाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने ?’

माधवकुमार नेपाल समुहमा रहेका तर अन्तिममा एमालेमै रहने निर्णय गरेका भीम रावलसहितका १० जना स्थायी कमिटि सदस्यहरुका बारेमा माओवादी अध्यक्ष प्रचण्डले निरन्तर टिप्पणी गर्दै आएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *