राजनीति

सिन्धुपाल्चोकमा कांग्रेस प्रवेशको लहर (फोटोफिचर)

काठमाडौं । सिन्धुपाल्चोकमा कम्युनिष्ट पार्टी त्यागेर कांग्रेस प्रवेशको लहरै चलेको छ । विभिन्न स्थानीय तहबाट कम्युनिष्ट पार्टी त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको समाचार संकल्प खबरलाई दैनिकजसो प्राप्त भइरहेको छ ।

त्यसैगरी आज विहीबार भक्तपुरको कौशलटारको ह्वाइट पार्टी प्यालेसमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलामा पनि सयौंले कम्युनिष्टलगायत अन्य विभिन्न राजनीतिक दल त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरे ।

नवप्रवेशीलाई नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य, खेलकुद विभाग प्रमुख एवम् सूचना तथा संचार पूर्वमन्त्री मोहनबहादुर बस्नेत र अर्का केन्द्रीय सदस्य बिष्णुबिक्रम थापा र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले खादा र टीका लगाइ नेपाली काङ्ग्रेसमा स्वागत गरेका थिए । कार्यक्रममा नवप्रवेशका अभिभावकलाई समेत स्वागत गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *