देश

बेलायत भ्रमण पूरा गरेर स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बेलायतको १० दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनी कतार एयरवेजको उडानमार्फत आज दिउँसो काठमाडौं आइपुगेका हुन्।

बेलायती सेनाका प्रमुख चिफ अफ जनरल रोली वाल्करको निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज १९ गते छ सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत गएका थिए। भ्रमण टोलीमा उनकी श्रीमती निता सिग्देल क्षेत्री, उपरथी मधुकर सिंह कार्कीलगायत सहभागी थिए।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उनले विभिन्न सैन्य निकाय तथा प्रतिष्ठानहरूको अवलोकनसमेत गरेको नेपाली सेनाले जनाएको छ।

भ्रमणले नेपाली र बेलायती सेनाबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा छलफल गर्ने अवसर प्रदान गरेको सेनाले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *