देश

राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश

काठमाडौं । राजनीतिक विष्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गरेर तारेख गर्न आदेश दिएको हो ।

दाहालको पक्राउविरूद्व छोरी डेनी दाहालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । दाहालले ‘ग्रे(जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका थिए ।

उनलाई प्रहरीले साइबर अपराधको आरोपमा असोज ४ गते मोरङबाट पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *