देश

नेपाल–आइसल्यान्ड परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच भेटवार्ता भएको छ।

मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य विपद् तथा जोखिम न्युनीकरणमा साझेदारीलगायत विषयमा छलफल गरेका थिए। उनीहरूले भोटेकोशी बाढी तथा त्यसपछिका पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकामा जोड दिए।

जलवायु परिवर्तनका बढ्दो जोखिम, क्षमता अभाव तथा स्रोत साधनको सीमिततालाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा पनि दुवै मन्त्रीहरूले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *