देश

परराष्ट्रमन्त्री खनाल अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित स्वागत समारोहमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिने सिलसिलमा न्युयोर्कमा रहेका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख एवं प्रतिनिधिमण्डलका नेताको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए ।

समारोहमा राष्ट्रसंघका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा महासभामा सहभागी हुन आ-आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै न्युयोर्कमा रहेकाका प्रतिनिधिमण्डलका नेता सहभागी भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *