देश

माथिल्लो त्रिशूली– १ मा आज थप ११ वटा शव फेला

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ ।

नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।

गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ ।

उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *