देश

पहिरोका कारण रोल्पाको सहिदमार्ग अवरुद्ध

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्ग मा यातायात सेवा अवरुद्ध भएको छ । रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका-१ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *