देश

छाउनी अस्पतालमा उपचाररत चिनियाँ नागरिकलाई दूतावासका अधिकारीको भेट

काठमाडौं । अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ राजदूतावासको टोलीले भेट गरेको छ ।

शनिबार उद्धारपछि काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएका उनलाई दूतावासका अधिकारीहरूले अस्पतालमै पुगेर भेटेका हुन् ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका चिनियाँ नागरिकको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । अस्पतालमा आवश्यक उपचार तथा स्वास्थ्य निगरानी भइरहेको उनले जानकारी दिए ।

भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका उनलाई लामो प्रयासपछि शनिबार उद्धार गरिएको थियो । उद्धारलगत्तै उनलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि नेपाली सेनाको अस्पताल पुर्‍याइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *