देश

बेत्रावतीमा पुरिएको घरबाट महिलाको जीवितै उद्धार

नुवाकोट । नुवाकोटको बेत्रावतीमा बाढी र माटोले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।

बाढीले पूर्णरूपमा पुरिएको आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरीको टोलीले महिलाको सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले महिलालाई घरभित्रबाट जीवितै निकालिएको जानकारी दिए ।

पछिल्लो समय बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धारलाई तीव्र बनाएको छ । यसक्रममा नेपाली सेनाले अपर त्रिशूली–१ आयोजनाबाट एक चिनियाँ नागरिकको समेत उद्धार गरेको थियो ।

त्यस्तै, यसअघि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *